लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते « Khabarhub

लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ । रासस

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ४६ बजे

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि