अक्षयको ‘सूर्यवंशी’ वैशाखमा « Khabarhub

अक्षयको ‘सूर्यवंशी’ वैशाखमा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ अन्ततः प्रदर्शनमा आउने भएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि रिलिज हुन नपाएको यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मका निर्देशक रोहित सेट्टीका अनुसार अब यो फिल्म अप्रिल ३० (वैशाख १७) गते रिलिज हुने भएको छ ।

फिल्म यसअघि सन् २०२० मै रिलिज गर्ने भनिए पनि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

कोरोनाका कारण भारतमा लामो समय सिनेमा हल बन्द गरिएका थिए ।

यो फिल्मको प्रचार १० अप्रिलदेखि थालिनेछ ।

निर्देशक रोहित सेट्टीले फिल्मको नयाँ प्रदर्शन घोषणा गर्दै खुशी व्यक्त गरेका छन् ।

गत वर्ष नै ट्रेलर सार्वजनिक गरिएको यो फिल्ममा कप युनिभर्स (प्रहरी युनिभर्स) देखाइनेछ । कप सिरिज भनिएको यो फिल्ममा क्याटरीना कैफ, अजय देवगन र रणवीर सिंहलाई पनि देख्न सकिनेछ ।

यसअघि रणवीर सिंहको फिल्म ‘सिम्बा’ र अजय देवगनको फिल्म ‘सिंघम’ सिरिज यसअघि प्रदर्शन भइसकेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ०८ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका