अक्षयको ‘सूर्यवंशी’ वैशाखमा « Khabarhub

अक्षयको ‘सूर्यवंशी’ वैशाखमा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ अन्ततः प्रदर्शनमा आउने भएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि रिलिज हुन नपाएको यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मका निर्देशक रोहित सेट्टीका अनुसार अब यो फिल्म अप्रिल ३० (वैशाख १७) गते रिलिज हुने भएको छ ।

फिल्म यसअघि सन् २०२० मै रिलिज गर्ने भनिए पनि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

कोरोनाका कारण भारतमा लामो समय सिनेमा हल बन्द गरिएका थिए ।

यो फिल्मको प्रचार १० अप्रिलदेखि थालिनेछ ।

निर्देशक रोहित सेट्टीले फिल्मको नयाँ प्रदर्शन घोषणा गर्दै खुशी व्यक्त गरेका छन् ।

गत वर्ष नै ट्रेलर सार्वजनिक गरिएको यो फिल्ममा कप युनिभर्स (प्रहरी युनिभर्स) देखाइनेछ । कप सिरिज भनिएको यो फिल्ममा क्याटरीना कैफ, अजय देवगन र रणवीर सिंहलाई पनि देख्न सकिनेछ ।

यसअघि रणवीर सिंहको फिल्म ‘सिम्बा’ र अजय देवगनको फिल्म ‘सिंघम’ सिरिज यसअघि प्रदर्शन भइसकेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ०८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा