माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै « Khabarhub

माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले चार हजारबाट घटाएर केन्द्रीय कमिटी २ सय सदस्यीय कायम गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबारदेखि बसेको बैठकले २ सय केन्द्रीय सदस्य कायम गर्ने निर्णय गरेको हो ।

बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी हाललाई २ सय नै कायम हुने जानकारी गराएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए ।

०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए ।

बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको निष्कर्ष निकालिएको छ । आइतबारको बैठकमा अध्यक्ष दाहालसहित १० जना नेताले धारणा राखेका छन् ।

बैठकमा पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा तय भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ४६ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी