सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने « Khabarhub

सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म  अफगानीस्तान छाड्ने भएका छन् ।

रास्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने घोषणा गरेका हुन् ।

पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यो समयसीमामा सैनिक फिर्ता कठिन भएको राष्ट्रपति बाइडेनले बताए ।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ।

अमेरिकामा आतंकबादी हमलापछिको २० बर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो निर्णय विशेष भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अफगानिस्तानमा करिब ३ हजार अमेरिकी सैनिक रहेको बताइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ४५ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले