कतारमा कोरोना संक्रमण बढ्दो, सावधानी नअपनाउने ४७६ जना कारबाहीमा « Khabarhub

कतारमा कोरोना संक्रमण बढ्दो, सावधानी नअपनाउने ४७६ जना कारबाहीमा



दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय लगातार कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

सोमबार ९७३  जनालाई कोरोना संक्रमण पुष्टी भयो थियो भने पछिल्लो २४ घण्टा अर्थात् मंगलबार थप ९८१ जनामा संक्रमण देखिएको छ ।

मंगलबार एकै दिन ५ जनाको मृत्यु भएको छ । ३८, ५१, ६९, ७५ र ९५ बर्षीय नागरिकको मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४० पुगेको छ । जसमा २१ जना नेपाली छन् ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ९७९ जना पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार मात्रै ५९३ जनाले उपचारपछि स्वास्थय लाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ७० हजार ७८७ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले २० हजार ८५२ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४७९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म ११ लाख ३१ हजार ६३१ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४७६ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४७६ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ३१८ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा,९ जनालाई गाडीमा तोकिएको भन्दा बढी सङ्ख्या राखिएकोमा र बाँकी १३८ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

मन्त्रालयले जनतालाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

यता नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले गत ७ अप्रिलमा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा पालन गर्न अनुरोध गरेको छ ।

नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ । साथै, नेपाली नयाँ वर्ष २०७८ को अवसरमा कतारमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा कतारस्थित नेपाली दूतावासले शुभकामना व्यक्त गरेको छ ।

नयाँ वर्षको अवसरमा २०७८ साल  वैशाख १ गते बुधबार तदनुसार १४ अप्रिलका दिन दूतावास बन्द रहने र वैशाख २ गते बिहिबार दूतावास पूर्ववतरुपमा खुल्ला रहने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : १५ बजे

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि