कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो ।

दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थानमा फोहर व्यवस्थापन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षालगायतमा प्रत्यक्ष असर गरेको भन्दै त्यहाँका नागरिकले समयसमयमा फोहर विसर्जन कार्यमा अवरोध गर्दै आएका छन् ।

अध्यक्ष शाक्यले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङका स्थानीयवासीसँग भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।

बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजश्व प्रशासन, कोभिडका कारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ५४ बजे

कांग्रेसमा मधु आचार्यको १० बुँदे सुझाव : एमालेसँगको सहयात्राको समीक्षा गरौँ, पार्टी कमिटीको कार्यकाल एक वर्ष घटा‍औँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

बेइजिङ– युरोपेली सङ्घ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ ।