आमा बन्दै गरिमा र ऋचा | Khabarhub Khabarhub

आमा बन्दै गरिमा र ऋचा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको जनाउ दिँदै बेबी बम्प सार्वजनिक गरेको १२ औं दिनमा दुई अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले पनि आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन् ।

अभिनेत्री प्रियंकाले झैं यी दुवै अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूहरु गर्भवती भएको जानकारी दिएका छन् ।

गरिमाले लामो समयदेखि बेल्जियममा बस्दै आएका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । गरिमाले कालो पहिरनमा बेबी बम्प देखाउँदै हरिसँगको तस्वीर राखेकी छन् ।

‘सृष्टिबाट सृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ गरिमाले लेखेकी छन् ।

त्यस्तै अर्की अभिनेत्री ऋचाले नयाँवर्षको पहिलो दिन पति दीपेक्षविक्रम राणासँग सजीवनको विरुवामा पानी हाल्दै गरेको तस्वीर फेसबुकमा राख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।

‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’ ऋचाले लेखेकी छन् ।

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईहरु सम्पुर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’ उनले अगाडि लेखेकी छन् ।

ऋचा र दीपेक्षको २०७६ साल मंसीरमा विवाह भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १ : ०९ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन