आमा बन्दै गरिमा र ऋचा « Khabarhub

आमा बन्दै गरिमा र ऋचा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको जनाउ दिँदै बेबी बम्प सार्वजनिक गरेको १२ औं दिनमा दुई अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले पनि आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन् ।

अभिनेत्री प्रियंकाले झैं यी दुवै अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूहरु गर्भवती भएको जानकारी दिएका छन् ।

गरिमाले लामो समयदेखि बेल्जियममा बस्दै आएका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । गरिमाले कालो पहिरनमा बेबी बम्प देखाउँदै हरिसँगको तस्वीर राखेकी छन् ।

‘सृष्टिबाट सृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ गरिमाले लेखेकी छन् ।

त्यस्तै अर्की अभिनेत्री ऋचाले नयाँवर्षको पहिलो दिन पति दीपेक्षविक्रम राणासँग सजीवनको विरुवामा पानी हाल्दै गरेको तस्वीर फेसबुकमा राख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।

‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’ ऋचाले लेखेकी छन् ।

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईहरु सम्पुर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’ उनले अगाडि लेखेकी छन् ।

ऋचा र दीपेक्षको २०७६ साल मंसीरमा विवाह भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १ : ०९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन