राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री « Khabarhub

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताए ।

नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गरेका छन् । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्य चासो रहेको उनले बताए ।

आज मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपालको विकास र समृद्धिको महाअभियानमा छौँ । विकास र समृद्धिको यो महाअभियान पूरा गर्न सम्पूर्ण शक्तिका साथ प्रदेश सरकार लागी परेको छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकार गठन भएपश्चात् हालसम्म एक हजार २५० किमी सडकको नयाँ ट्र्याक निर्माण, १६७ किमी सडक ग्राभेल, २८ किमी कालोपत्रे गरेको छ ।”

त्यस्तै प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत् प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको उनले बताए ।

मुख्यमन्त्री शाहीका अनुसार विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ यससम्बन्धी गुरुयोजना निर्माण गर्नुका साथै स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षालगायत संविधान प्रदत्त नागरिकका मौलिक हक सुनिश्चितताका लागि प्रदेश सरकार अहोरात्र खटिरहेको छ ।

नागरिकलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले हरेक वडामा रु ३३ लाखदेखि रु ६५ लाखसम्म पुग्नेगरी मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्रदेशभरका ७१८ वडाका लागि रु दुई अर्ब ९८ करोड बजेट निकासा गरिएको छ ।

उनले प्रदेश सरकारसामु आइलागेका सबै बाधा, अवरोध र चुनौतीलाई पन्छयाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक समृद्ध र समाजवादी देश निर्माणमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : ०१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर