सरकारले जस्तोसुकै चुनौती सामना गरेर काम गर्छ : मन्त्री गुरुङ « Khabarhub

सरकारले जस्तोसुकै चुनौती सामना गरेर काम गर्छ : मन्त्री गुरुङ


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको बताए ।

वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे ।

केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गरे ।

सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : २२ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने