नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि « Khabarhub

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए ।

तेक्वान्दो भोलि बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ । छात्र/छात्रामा तीन/तीन गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

छात्रमा ४५ केजी, ४८ केजी र ५१ केजी तौल समूहमा खेल हुनेछ । त्यस्तै छात्रामा ४२ केजी, ४४ केजी र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १२० खेलाडीको सहभागिता रहने छ ।

त्यसैगरी एथलेटिक्स शुक्रबार मूलपानीमा हुनेछ । छात्र/छात्रा गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्र/छात्रा दुवैमा एक सय, दुई सय, चार सय, आठ सय र एक हजार पाँच सय मिटर दौड तथा चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा विभिन्न २० विद्यालयका १५० खेलाडीको सहभागिता रहने छ ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई हजार, रु एक हजार र रु ५०० पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोटका रुपमा समेत रहेको छ ।

स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुनेछन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : ४५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने