जनतालाई विकासको बाटो देखाउने अभियानमा छौँ : मुख्यमन्त्री गुरुङ « Khabarhub

जनतालाई विकासको बाटो देखाउने अभियानमा छौँ : मुख्यमन्त्री गुरुङ


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् ।

क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटन गर्दै उनले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत क्षेत्रमा प्रदेश सरकारले सक्रियपूर्वक काम गरिरहेको बताए ।

मुख्यमन्त्री गुरुङले भने, “१४४ वटा मोटरेबल पुल निर्माण गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने आठ मिटर फराकिलो बाटो ४०/५० वर्षसम्म टिक्ने गरी बनाउने, पाँच लाख ७८ हजार घरधुरीमै धारा र बिजुली पुर्‍याउने अभियानमा प्रदेश सरकार लागिपरेको छ ।”

जनतालाई विकासको बाटो देखाउनका लागिसमेत विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले मुलुकको विकास र समृद्धिका लागि संघीय शासन प्रणाली महत्वपूर्ण रहेको उल्लेख गर्दै विगतका भन्दा सस्तो र गाउँघरमै सेवा सुविधा पुर्‍याउने भएकाले यो शासन प्रणालीलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने आवश्यकतामाथि जोड दिए ।

‘राष्ट्र विकासमा युवाको प्रतिबद्धता–लगनशील, सिर्जनशील सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ । संस्कृतिको जर्गेना, आर्थिक स्तर उकास्न, समृद्धि र पर्यटकीयस्थल बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको सो नगरपालिका–८ का वडाध्यक्ष अर्मित तामाङले बताए ।

उनका अनुसार यस महोत्सवमा मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय झाँकी प्रदर्शनी, राष्ट्रव्यापी सेभेन साइजको फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानीय कृषि प्रदर्शनी रहेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ०१ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट