प्रदेश प्रमुख अहिराज ‘प्रबल जनसेवाश्री मानपदवी’बाट सम्मानित « Khabarhub

प्रदेश प्रमुख अहिराज ‘प्रबल जनसेवाश्री मानपदवी’बाट सम्मानित


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराज प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख अहिराज सो मानपदवीबाट सम्मानित भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख अहिराजसहित राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी हुन् ।

प्रदेश प्रमुख अहिराजले यसअघि पनि राष्ट्रपति भण्डारीबाट सम्मान र पदवी ग्रहण गरिसकेका छन् ।

गत चैत २७ गते वितरण गर्न बाँकी रहेकाहरुलाई आज पदक प्रदान गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

वि.सं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।