इस्लाम धर्मावलम्बीमाथि चीनको प्रतिबन्ध कानून विपरीत – नेपाल डेमोक्रेट युनियन « Khabarhub

इस्लाम धर्मावलम्बीमाथि चीनको प्रतिबन्ध कानून विपरीत – नेपाल डेमोक्रेट युनियन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेट युनियनले शिंजिया‌ग प्रान्तका इस्लाम धर्मावलम्बी वीगरमाथि लगाएको प्रतिबन्ध अन्तराष्ट्रिय कानून विपरीत रहेको जनाएको छ ।

युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्युनिस्ट चीन सरकारको दमनमा परेका शिंजियांग प्रान्तका इस्लाम धर्मावलम्वी वीगरहरुको मानवाधिकार, धार्मिक स्वतन्त्रता हननका विरुद्ध आवाज उठाउने पाँच जना ब्रिटिश सांसदहरु तथा बीबीसी ईन्टरनेश्नल सेवा माथि चीनले लगाएको प्रतिबन्ध मानवीय स्वतन्त्रता, गरिमा, मानवाधिकार, लोकतन्त्र र अन्तर्राष्ट्रिय कानूनको खिलाफमा छ ।’

युनियनले मानवअधिकार र लोकतन्त्रको पक्षपाती विश्व प्रजातांत्रिक समुदाय चीनको यो जातिभेदी, धर्मभेदी, रंगभेदी एवं अधिनायकवादी कदमको विपक्षमा रहेको जनाएको छ ।

युनियनको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षाको नाममा चीनले शिंजियांङ प्रान्तमा १५ लाख वीगरहरुलाई नजरबन्द शिविर (डिटेंशन क्याम्प) मा बन्दी बनाई कैदखानामा राखेको छ । वीगर महीलाहरुको बलात्कार, यातना र जवरजस्ती मजदुरी, जवरजस्ती नसबन्दी, यौन शोषणका साथै थुप्रै अन्य विभिन्न अत्याचारहरु चीनले गरिरहेको विश्वलाई अवगत नै छ । यदि चीन यी अरोपहरुलाई खारेज गर्न चाहन्छ भने उसले युएन हाई कमिशन फर ह्युमन राईट्सलाई सत्य तथ्यको जाँच गर्न दिनुपर्छ ।’

युनियनले चिनियाँ जनता र अप्लसंख्यक समुदायको लोकतन्त्र एवं मानव अधिकारको प्रत्याभूति गर्न लोकतान्त्रिक विश्व समुदाय, सरकारहरु एवं संयुक्त राष्ट्र संघलाई अपील गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ०२ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको