उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरद्वारा अनुगमन « Khabarhub

उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरद्वारा अनुगमन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौँका केही अक्सिजन उद्योगमा उत्पादन अवस्थाबारे जानकारी लिएका छन् ।

अक्सिजनको अभाव भइरहेका बेला राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाका अक्सिजन उद्योगमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधीकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए ।

कोरोना उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायसहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै मन्त्री मानन्धरले संक्रमित हुनेकाे संख्या अधिक हुँदा बेड अभाव भएको बताए ।

सरकारले सबै सरकारी अस्पतालहरुमा काेभिड उपचारको प्रबन्ध मिलाएको बताउँदै मानन्धरले निजी क्षत्रका अस्पतालहरुमा पनि सुलभ रुपमा नागरिकको उपचारको प्रबन्ध गर्न सरकारले पहल गरेको बताए ।

मन्त्री मानन्धरले अक्सिजन अभावको समस्या केही दिन भित्र समाधान हुनेगरी काम भइरहेको दाबी समेत गरे ।

मन्त्री मानन्धरले बालाजुमा रहेको अक्सिजन उद्योगमा पनि उत्पादन अवस्था बारे अनुगमन गरेका थिए । मन्त्री मानन्धरले अक्सिजन अभाव हुन नदिन सरकर लागिरहेको बताउँदै समस्या परेका नागरिकलाई ( सीसीएमसी) सरकारले सञ्चालनमा ल्याएको हट लाइनमा फोन गर्न तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह समेत गरे ।

अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै उनलेआफू पनि समस्या समाधानका लागि फिल्डमै खटिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय