मिस्ट्रीखोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा « Khabarhub

मिस्ट्रीखोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका तीन वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो। परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ। १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए।

यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करिब डेढ महिना पछाडि धकेलिएको हो।

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ रहेको छ। यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ४० बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य