आजको मौसम : सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभावले मौसममा बदली रहने जानकारी दिएको छ ।

हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको हो ।

आज पनि मुलुकका केही भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख ३१ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ १ गते (शनिबार)

दिउँसो : देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २ गते (आइतबार)

दिउँसो : देशका प्रदेश १ आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ४६ बजे

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको