इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन सकोस् : राष्ट्रपति | Khabarhub Khabarhub

इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन सकोस् : राष्ट्रपति


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाएकी छन् ।

‘यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ,‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद (इद–उल–फित्र) मनाउनका लागि विशेष आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने