व्यवसायी भन्छन् : १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न असम्भव « Khabarhub

व्यवसायी भन्छन् : १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न असम्भव


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सय बेडभन्दा माथिका सबै निजी तथा सामुदायिक अस्पताललाई१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको छ ।

बुधबार कोभिड सम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अक्सिजन प्लान्ट १५ दिनभित्र जडान गरी त्यसको जानकारी मन्त्रालयलाई गराउनु निर्देशन दिए ।

प्रवक्ता गौतमका अनुसार यसको सहजीकरण मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन शाखाले गर्नेछ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार अहिले निजी तथा सामुदायिक अस्पतालमा सयदेखि ३ सय बेड रहेको अस्पताल ४२ वटा छन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार यी अस्पातलले ढिलोमो पनि जेठ १५ सम्ममा अक्सिजन प्लान्ट जडान गरिसक्नुपर्नेछ ।

सरकारको उक्त निर्देशन पालना गर्न कति सम्भव छ ?

नेपाल अक्सिजन उत्पादक संघका मार्केटिङ डाइरेक्टर गान्धीप्रसाद शर्माका अनुसार मन्त्रालयको निर्देशनअनुसार १५ दिनभित्र काम सक्न असम्भव छ । शर्मा भन्छन्, ‘अक्सिजन प्लान्ट भारत र चीनबाट ल्याउनुपर्ने भएकाले दुई साताभित्र ल्याएर जडान गर्न सम्भव छैन ।’

उनका अनुसार फटाफट काम भए प्लान्ट ल्याएर जडान गर्न कम्तीमा तीन महिना लाग्छ ।

अहिले विश्वभर नै अक्सिजनको अभाव छ । यसकारण प्लान्ट तयारी अवस्थामा नहुन सक्छ । प्लान्ट झिकाउने प्रक्रिया डेढदेखि दुई महिनाको हुन्छ । त्यसपछि यहाँ ल्याएर जडान गर्दा तीन महिनासम्म लाग्छ ।

शर्मा भन्छन्, ‘सरकारले जी टु जी मार्फत खरिद गरेर ल्याएमा एकदमै छिटो हुँदा पनि डेढ देखि दुई महिना लाग्छ ।’

सिद्धीबिनायक अक्सिजन उद्योगका इन्जिनियर किरण कुमार पनि १५ दिनभित्र अक्सिजन प्लान्ट निर्माण गर्ने कुरा असम्भव रहेको बताउँछन् । उनका अनुसार प्लान्ट निर्माणको काम नेपालमा नहुने भएकाले अर्डरमै एकमहिना लाग्छ, अर्डर पुगेपछि मात्रै कम्पनीमा निर्माणको काम हुन्छ ।

शर्मा भन्छन्, ‘सामान्यतया अक्सिजन प्लान्ट निर्माण तयार गरेर सप्लाई गर्न कम्पनीले ६ महिना समय लगाउछ, चाँडो भनेको ३ महिनासम्मा तयार हुन्छ ।’

उनकाअनुसार अस्पतालमा जडान गर्ने भनेको ‘पीएस अक्सिजन’ प्लान्ट हो । जसको लागत ५० लाख देखि ८० लाख रुपैयाँसम्म हुन्छ ।

यसको क्षमता कम हुन्छ । कम क्षमता भएको प्लान्टले आवश्यकताअनुसार अक्सिजन सप्लाइ गर्न सक्दैन ।

शर्माले खबरहबसँग भने, ‘खरिदमा सरकारले हेर्‍यो र भारतमा प्लान्ट तयारी अवस्थामा रहेको खण्डमा एक महिनाभित्र पनि अक्सिजन प्लान्ट जडान गर्न सकिन्छ तर १५ दिनमै चाहिँ सम्भव छैन ।’

प्लान्ट जडानका लागि धेरै जना प्राविधिक आवश्यकता पर्दैन । एकजना प्राविधिक बाहिरबाट ल्याएको खण्डमा जडान गर्न सकिने उनको भनाइ छ ।

अक्सिजन प्लान्ट जडान भएको अस्पतालले बिरामीका लागि सोझै बिरामीको बेडसम्म अक्सिजन पुर्‍याउँछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : २० बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको