ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू | Khabarhub Khabarhub

ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता ऋषि कपूरको निधन पछि उनकी पत्नी नीतू कपूर एक वर्षदेखि एक्लै छिन् । पति ऋषिको निधन पछि उनी न त छोरी रिद्धिमासँग बसेकी छिन्, न त छोरा रणवीर कपूरका साथ नै ।

दैनिक भास्करका अनुसार नीतूले छोरी र छोरासँग नबस्नुको कारण खुलाएकी छन् । उनले आफूलाई गोपनियता मनपर्ने भएकाले ऋषिको निधनपछि छोराछोरीसँग नबसेको जनाएकी छन् ।

‘म आफ्नो सन्तानलाई उनीहरुकै जीवनमा व्यस्त हुन दिन्छु । म उनीहरुलाई मेरो मुटुमा रहनु, मेरो शीरमा नचढ्नु भन्छु । महामारीका समयमा जब रिद्धिमा मसँग एक वर्ष बसिन्, त्यो बेला म निकै तनावमा थिएँ । किनकी उनी फर्किइनन् । म बेचनै थिएँ, म ‘उसलाई तिमी जाऊँ, भरत एक्लै छ’ भन्थें । म एक्लै जीउन चाहन्थें’, उनले भनेकी छन् ।

नीतूका अनुसार रिद्धिमा पढ्नका लागि लण्डन गएपछि उनी कैयौं दिनसम्म रोएकी थिइन् । उनलाई कोही भेट्न आउदा पनि उनी रुन्थिन् ।

नीतू आफ्नो सन्तानलाई जीवनमा आफैं अघि बढ्न प्रेरित गर्छिन् । त्यहीकारण केही दिनका लागि छोराछोरी भेटन् आए पनि उनी छोराछोरीलाई घर फर्किन आग्रह गरिहाल्छिन् ।

नीतूले ऋषिको निधन भएपछि फिल्ममा पुनः काम सुरु गरेकी छन् । उनी फिल्म ‘जुग जुग जियो’मा देखिँदैछिन् । फिल्ममा अनिल कपूर, किआरा आडवाणी, वरुण धवन पनि छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : २० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको