देउवा निवासमा कांग्रेस, माओवादी र जसपाका नेताबीच छलफल « Khabarhub

देउवा निवासमा कांग्रेस, माओवादी र जसपाका नेताबीच छलफल


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुमतको सरकार गठन गर्ने प्रयास असफल भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टी (जसपा)का नेताहरुबीच अहिले छलफलमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र जसपाबाट अध्यष उपेन्द्र यादव सहभागी छन् ।

छलफलमा नेपाली कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, शशांक कोइराला सहभागी छन्।

बिहीबारसम्म दिइएको समयसीमामा बहुमतको प्रधानमन्त्री दाबी गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीमा केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीलाई रोक्ने योजना असफल भएपछि विपक्षीहरू पहिलो पटक छलफलमा जुटेका हुन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अन्तिम समयमा साथ नदिँदा कांग्रेसले बहुमतको सरकार दाबी गर्ने योजना असफल भएको थियो । अहिले जारी बैठकमा त्यसबारे समीक्षा भइरहेको सभापति देउवानिकट स्रोतले बतायो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ४७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण