देउवा निवासमा कांग्रेस, माओवादी र जसपाका नेताबीच छलफल « Khabarhub

देउवा निवासमा कांग्रेस, माओवादी र जसपाका नेताबीच छलफल


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुमतको सरकार गठन गर्ने प्रयास असफल भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टी (जसपा)का नेताहरुबीच अहिले छलफलमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र जसपाबाट अध्यष उपेन्द्र यादव सहभागी छन् ।

छलफलमा नेपाली कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, शशांक कोइराला सहभागी छन्।

बिहीबारसम्म दिइएको समयसीमामा बहुमतको प्रधानमन्त्री दाबी गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीमा केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीलाई रोक्ने योजना असफल भएपछि विपक्षीहरू पहिलो पटक छलफलमा जुटेका हुन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अन्तिम समयमा साथ नदिँदा कांग्रेसले बहुमतको सरकार दाबी गर्ने योजना असफल भएको थियो । अहिले जारी बैठकमा त्यसबारे समीक्षा भइरहेको सभापति देउवानिकट स्रोतले बतायो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ४७ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी