भारतीय युट्युबमा आउदै ‘वीर विक्रम २’ « Khabarhub

भारतीय युट्युबमा आउदै ‘वीर विक्रम २’


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कुनै समय नेपाली फिल्मको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले त्यसको ठिक विपरित सबै काम नेपालमै गरिन्छ ।

पछिल्लो समयमा नेपालमा निर्माण भएका केही फिल्मले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् । यही क्रममा सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ र निर्माता तथा निर्देशक मिलन चाम्सको फिल्म ‘वीर विक्रम २’ भारतमा प्रदर्शनका लागि कम्मर कसेर लागेका छन् ।

निर्देशक चाम्सकाअनुसार उनले भारतका थिएटरमा ‘वीर विक्रम २’ रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरेका थिए । ‘हामीले कोरोना अघि नै भारतमा फिल्म प्रदर्शनको तयारी गरेका थियौं । तर महामारीका कारण त्यो तयारीलाई पूर्णता दिन पाएनौं’, निर्देशक चाम्सले भने ।

उनले भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने बताए । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सको भनाई छ । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि फिल्म मनपराउनेमा उनी आशावादी छन् ।

उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ४६ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर