व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन : प्रहरी | Khabarhub Khabarhub

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन : प्रहरी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगेको र त्यस्तो आरोप मिथ्या भएको उल्लेख गरेको हो ।

महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने जस्ता कपोलकल्पितः आरोपमा कुनै सत्यता नभएको र विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु आफैंमा दुःखद रहेको बताएका छन् ।

बिहीबार काठमाडौंको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीका उच्च अधिकारीहरूले नै अक्सिजन लग्दा ट्रमा सेन्टरले पाउनुपर्ने अक्सिजन नपाएको बताएका थिए । उनले अक्सिजन कम्पनीका मालिकसँग भएको कुराकानी आफ्नो स्टाटसमा लेखेका थिए । तर, प्रहरीले भने प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ३० बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती