कोरोना संक्रमितलाई अक्सिजन सहयोग गर्दै सञ्चारकर्मी लामिछाने | Khabarhub Khabarhub

कोरोना संक्रमितलाई अक्सिजन सहयोग गर्दै सञ्चारकर्मी लामिछाने


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेले अक्सिजन नपाएका संक्रमितहरुका लागि आफ्नो फाउन्डेसनबाट सहयोग जारी रहेको बताएका छन् ।

विभिन्न ठाँउहरुबाट अक्सिजनका सिलिन्डर संकलन गरी त्यसमा अक्सिजन भरेर गरिब तथा निम्न आयस्रोत भएका कोरोना संक्रमितहरुलाई सहयोग गर्दै आएको उनले बताएका हुन् ।

आफूले जिम्मा लिएको जुम्लाको जनमैत्री अस्पतालमा रबि लामिछाने फाउन्डेसनमार्फत सहयोग जारी राखिएको समेत उनले बताए ।

उनले भने,‘ पूर्वाधार अभावका कारण बेड भएपनि अस्पताल बन्द थियो । कोरोना संक्रमितका विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालाई आवश्यक पर्ने पूर्वाधार सामाग्रीहरु सहयोग गर्ने जिम्मा लिएर अस्पताल सञ्चालन गर्न लगाएको छु’, उनले भने, ‘तपाईंहरु उपचार गर्नुहोस् म आवश्य सामाग्री जुटाउँछु भनेको छु ।’

उनकाअनुसार अहिले विभिन्न ठाँउमा गएर अक्सिजनका खाली सिलिण्डर संकलन गर्ने र पलान्टमा लगेर अक्सिजन भरेर ल्याएर विरामीलाई बचाउने काम भइरेको छ ।

यसरी अहिले सम्म करिब २ सय वटा अक्सिजन सिलिन्डर वितरण गरिसकेको उनले बताए ।

उनले भने,’मैले जिम्मा लिएको जनमैत्री अस्पताल हो, तर सरकारले नै सञ्चालन गरेको ट्रमा सेन्टरबाट नै अक्सिजनको अभाव भएको भन्दै फोन आएपछि रातिभरि खोजेर दुई दिनअघि ट्रमा सेन्टरलाई पाँच वटा अक्सिजन सिलिन्डर दिएँ ।’

हेल्थ सेन्टरबाट पनि विभिन्न समस्या परेका व्यक्तिहरुलाई सहयोग गर्दे आइरहेको उनले बताए ।

‘रबि लामिछाने फाउन्डेसनबाट विगत दुई वर्षदेखि कालिकोटमा पनि अस्पताल बनाइरहेका छौँ,’ उनले भने ।

हामी आफै सहयोग उठाउन वा माग्न जाँदैनौँ, अवस्था देखेर दिनेहरुबाट लिने हो र हाम्रो फाउन्डेसनका सदस्यहरुले जम्मा गरेको रकमबाट सहयोग गरिरहेका छौँ ।

उनले भने,‘ धनी र पहुँचवालाहरुले विभिन्न ठाँउमा फोन घुमाएर आफ्नो उपचार गरिहाल्छन् तर सामन्य जनताले अक्सिजन नपाएर ज्यान गुमाउनु परेका छ । त्यसैले अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हामीले यो कामको थालनी गरेका छौँ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०९ बजे

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले

त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट

जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका नेपाली जनसम्पर्क समितिको