सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाममा लगाउँछौँ : मन्त्री पौडेल « Khabarhub

सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाममा लगाउँछौँ : मन्त्री पौडेल


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाम र न्यूनीकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् ।

शुक्रबार मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीविरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन् ।

उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरकार गम्भीर रुपमा लागेको जानकारी दिए । त्यस्तै मन्त्री पौडेलले कोरोना महमारीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको भन्दै आगामी बजेट अर्थतन्त्रलाई गतिशील बनाउने गरी आउने जानकारी दिए ।

उनले केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न अनेक प्रकारको कसरत भएको भन्दै वैकल्पिक सरकार गठन गर्ने प्रयास असफल भएको धारणा राखे ।

उहाले नेपालमा कम्युनिष्टलाई नै असफल बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना