कोभिडले आक्रान्त शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइनेछ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

कोभिडले आक्रान्त शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइनेछ : मन्त्री श्रेष्ठ


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दास्रो पटक शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका कृष्णगोपाल श्रेष्ठले  कोभिडले आक्रान्त पारेको शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

शीतल निवासमा राष्ट्रपति समक्ष सपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री श्रेष्ठले स्थगित भएको एसईई लगायतका परीक्षाबारे मन्त्रालयले चाँडै निर्णय गर्ने बताएका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद( सिटिइभीटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन् ।

उनले कोभिड संक्रमण नियन्त्रण गर्न सबैको सहयोग अत्यावश्यक रहेको बताए ।

उनले भने,  ‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि शिक्षा क्षेत्रले गर्ने सहयोगको विषयमा मन्त्रालयले तत्काल छलफल गर्नेछ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ४८ बजे

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली