राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन « Khabarhub

राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा चयन भएका छन् ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको जानकारी दिँदै उनले भने, ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

वैकल्पिक सरकार गठनमा साथ नदिएपछि अध्यक्ष यादव र बाबुराम भट्टराई पक्ष अध्यक्ष ठाकुर र महतोसँग रुष्ट बनेका छन् । साथै, ठाकुर र महतोले ओली सरकारकै निरन्तरता चाहेपछि जसपामा आन्तरिक विवाद चर्किदै गएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ०२ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको