काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा गरी कुल ३ हजार ३४९ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ५६२ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया