बेड नपाएर बिरामीको बेहाल, प्रधानमन्त्री भन्छन् : बेडको अभाव छैन | Khabarhub Khabarhub

बेड नपाएर बिरामीको बेहाल, प्रधानमन्त्री भन्छन् : बेडको अभाव छैन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् ।

देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिरामीहरुको उपचारका लागि बेडको अभाव नभएको बताएका हुन् ।

‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ, अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सक सहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ’, ओलीले भने,’हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघसंस्थाहरू अझ प्रभाकारी कदमहरू तीव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारी गरेका छौँ ।’

राजधानीकै अस्पतालहरुमा वेड नपाएर बिरामीको बेहाल भइरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् । राजधानीको विभिन्न अस्पतालमा कोरोना संक्रमितहरु बेड नपाएर बाहिर उपचार गराउन बाध्य छन् ।

कतिपय निजी अस्पतालले बेड अभाव कै कारण नयाँ बिरामी भर्ना नगर्ने भनेर सार्वजनिक सूचना समेत जारी गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १९ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको