मन्त्रीसँगको ‘डिसकस’बारे सञ्चारकर्मी लामिछानेको टिमबाट आयो यस्तो स्पष्टीकरण « Khabarhub

मन्त्रीसँगको ‘डिसकस’बारे सञ्चारकर्मी लामिछानेको टिमबाट आयो यस्तो स्पष्टीकरण


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ सञ्चारकर्मी रवि लामिछानेले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँग केही ‘डिसकस’ गरेका छन् ।

भिडियोमा उनले मन्त्रीसँगै अक्सिजन सिलिण्डर मिलाउन आग्रह गरेको बुझिन्छ ।

मन्त्रीले अक्सिजन सिलिण्डर मिलाउन नसकेपछि लामिछानेले केही आक्रोश पोखेका छन् । उनले मन्त्रीलाई भनेका छन्, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’

यही भनाइबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपछि रविको टिमले सो विषयमा स्पष्ट पारेको छ । उनको टिमका एक सदस्य दीपक बोहोराले सोही विषयमा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्न खोजेका हुन् ।

‘यो फोटो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालको गेटमा गाडीबाट झर्दै गर्दाको हो, जतिबेला रवि लामिछाने मन्त्रीज्यूलाई दस औँला जोडेर स्वागत गर्दै थिए । कतिले हिजोको भिडियो हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेको भएपनि हुन्थ्यो भने,’ उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिईरहनु भएको रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने । अस्पतालमै आएका बेला रविले मन्त्रीज्यूलाई अक्सिजन मिलाइदिन आग्रह गरे । मन्त्रीज्यूले जति पनि मिलाइदिने भनेर नजिकैको अक्सिजन उद्योग लैजानुभयो । तर, एक सिलिन्डर पनि मिलाउन सक्नु भएन । आफन्तलाई उपचारको दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ४७ बजे

सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

देवदह– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही

गणेश नेपालीको शव आर्यघाट लगियो (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको शव अन्त्येष्टिका लागि

‘सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले चलेको छैन’

काठमाडौं- टिकाराम भट्टराई संवैधानिक कानुन विज्ञ हुन् । उनी प्रधानमन्त्री

एकै दिन ४ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल- छिमेकी मुलुकहरूमा कागजातविहीन विदेशी नागरिकमाथि कडाइ बढ्दै गएसँगै अफगान शरणार्थीहरूको

संयोग मात्रै होइन, ट्रोल नेपालमार्फत् कुमार बेनको स्टाटस र कान्तिपुरको गेटमा रास्वपा नेताकै गाडी

काठमाडौं- राहदानी विभागअगाडि गणेश नेपालीको आत्मदाह प्रकरणलाई मोड्न सरकारले नै