देशभर मनसुन सक्रिय, बुधबारसम्म 'भारी' वर्षाको सम्भावना | Khabarhub Khabarhub

देशभर मनसुन सक्रिय, बुधबारसम्म ‘भारी’ वर्षाको सम्भावना


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन देशभर सक्रिय बनेको छ ।

आइतबार मनसुन देशभर सक्रिय बनेसँगै देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो र राति प्रदेश- १, प्रदेश- २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना छ । यो क्रम आगामी बुधबारसम्म जारी रहने महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : २५ बजे

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि