ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने | Khabarhub Khabarhub

ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने भएको छ ।

दूतावासका अनुसार आगामी असार ११ गते तद्अनुसार २५ जुन २०२१ शुक्रबार दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा शुरू गर्ने जनाएको छ ।

उक्त प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामालगायत श्रमिकसँग सम्बन्धी विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने जनाइएको छ ।

घुम्ती सेवा लिनका लागि चाहिने आवश्यक कागजात तथा दस्तुरसम्बन्धी विवरण दूतावासको वेबसाइटमा हेर्न सकिने  सूचनामा उल्लेख गरिएको छ ।

घुम्ती सेवाको लागि बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म अनिल रानालाई ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ११ : ४५ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा