ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने « Khabarhub

ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा शुरू गर्ने भएको छ ।

दूतावासका अनुसार आगामी असार ११ गते तद्अनुसार २५ जुन २०२१ शुक्रबार दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा शुरू गर्ने जनाएको छ ।

उक्त प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामालगायत श्रमिकसँग सम्बन्धी विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने जनाइएको छ ।

घुम्ती सेवा लिनका लागि चाहिने आवश्यक कागजात तथा दस्तुरसम्बन्धी विवरण दूतावासको वेबसाइटमा हेर्न सकिने  सूचनामा उल्लेख गरिएको छ ।

घुम्ती सेवाको लागि बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म अनिल रानालाई ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ११ : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले