निशाको बुबा भन्छन्–छोरीको अनुहारमा चमक आएको छ « Khabarhub

निशाको बुबा भन्छन्–छोरीको अनुहारमा चमक आएको छ


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनका बुबा प्रेम घिमिरेका अनुसार निशाको पुनः उपचार सुरु गरिएपछि उनको स्वास्थ्यमा पहिलाको भन्दा धेरै सुधार भएको छ ।

‘पहिला उसले केही बोल्न सक्ने अवस्था थिएन । अहिले स्वास्थ्य सुधारोन्मुख हुँदैछ । म हिजो हस्पिटल गएर ‘छोरी के छ ? भनेर सोधेको थिएँ । उसले ‘हा’, ‘हो’ गरेर रुन खोजी’, प्रेमले भने, ‘म घर जान्छु, यहाँ भाइ बसेको छ भनेर फर्किएँ । सोचेभन्दा राम्रो सुधार भएको छ ।’

प्रेमले छोरीको अनुहार ‘फ्रेस’ देखिएको खुलाए । ‘छोरीको अनुहारमा चमक आएको छ । उसको अनुहार हेर्दा स्वास्थ्य राम्रो हुन्छ भन्नेमा परिवार आशावादी छौं’, उनले खबरहबसँग भने, ‘दुर्घटनापछि छोरी मुढा जस्ती भएकी थिइन् । बोल्ने अवस्था पनि थिएन । अहिले ‘हा’, ‘हो’ गरेर भए पनि बोल्ने भएकी छन् ।’

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा गम्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

प्रेमले छोरीको उपचारमा हालसम्म ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको जनाए । उनको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

धमाधम सहयोग
निशाको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । उनलाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट ५१ हजार, अभिनेत्री करिश्मा मानन्धरबाट २५ हजार, अभिनेत्री रेजिना उप्रेतीबाट १० हजार, अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलबाट २२ हजार, प्रकाश थापाबाट १० हजार, नेपाल म्युजिक भिडियो कलाकार संघबाट २० हजार सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ११ : २० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु