सुशान्त नहुँदा रोकिए १० फिल्म « Khabarhub

सुशान्त नहुँदा रोकिए १० फिल्म


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज पहिलो वार्षिकी हो । कोठामा मृत भेटिएका सुशान्तको मृत्युको विषयमा गरिएको अनुसन्धानको टुंगो अझै पनि लाग्न सकेको छैन ।

बलिउडमा सुशान्तको माग उच्च थियो । फिल्मका व्यापार विश्लेषकहरु यो कुराको पुष्टि गर्छन् । निधनअघि सुशान्तलाई धेरै फिल्मबाट अफर आएको थियो । तर रोचक कुरा के छ भने सुशान्तलाई अभिनयको प्रस्ताव गरिएका १० वटा फिल्म कलाकारको अभावकै कारण निर्माण हुन सकेका छैनन् ।

उनको निधनको एकदिन अघिमात्र सुशान्त रमेश तौरानीसँग एक फिल्मको विषयमा कुराकानी गरिरहेका थिए । यो फिल्मलाई निखिल आडवाणीले निर्माण गर्ने तयारीमा थिए । सुशान्तको अभावमा एक्सन थ्रिलर यो फिल्ममा अहिले को कलाकार फाइनल भयो भन्ने केही खुलेको छैन ।

निर्देशक रुमी जाफरी पनि सुशान्तलाई लिएर एक्सन थ्रिलर फिल्म बनाउन चाहन्थे । वाशु भगनानीले निर्माण गर्ने तयारी गरिएको फिल्ममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि अभिनय गर्ने कुरा थियो । तर आकस्मिक रुपमा सुशान्तको निधन भएपछि यो फिल्म पनि रोकिएको ।

उता सन्दीप सिंहले सुशान्तका साथ फिल्म ‘बन्दे मातरम’ घोषणा गरेका थिए । त्यस्तै शेखर कपूरको फिल्म ‘पानी’मा पनि सुशान्तको कुराकानी चलिरहेको थियो ।

व्यापार विश्लेषकहरुका अनुसार फिल्म ‘धोनी’को बायोपिक निर्माता कमल जैनले सुशान्त प्रमुख भूमिकामा अभिनय गराउन एक दक्षिण भारतीय फिल्मको रिमेक अधिकार किनेका थिए ।

त्यस्तै विक्रम मेहताले सुशान्तलाई फिल्म ‘राइफलमेन’मा लिने तयारी गरेका थिए । हालसम्म यो फिल्ममा अगाडिको विकासबारे केही खुलेको छैन ।

यसबाहेक कुमार मंगत पाठक अभिनेता सुशान्त र कार्तिक आर्यनलाई लिएर एक फिल्म बनाउने योजनामा थिए । तर यो फिल्म पनि हालसम्म फ्लोरमा आएको छैन ।

रसूल पुकट्टी पनि सुशान्तलाई लिएर एक प्रेमकथाको फिल्म बनाउन चाहन्थे । रसूल निकटका अनुसार हालसम्म फिल्ममा सुशान्तको स्थानमा कोही कलाकार छनोट भएका छैनन् ।

सुशान्तलाई नै लिएर आनन्द गान्धी फिल्म ‘इमरजेन्स’ बनाउन चाहन्थे । उनले यो फिल्मसँगै अन्य दुई फिल्ममा पनि सुशान्तलाई जोड्न चाहन्थे ।

व्यापार विश्लेषक अतुल मोहन सुशान्त दुई अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्राको ‘स्टार पावर लिग’मा रहेको दाबी गर्छन् । ‘मलाई लाग्छ सुशान्तले आफ्नो करियरमा ९ फिल्ममा अभिनय गरे । उनी निकै चुजी थिए । यी नौ फिल्ममध्ये ‘छिछोरे’ र ‘धोनी’ले सय करोड माथिको व्यापार गर्यो । उनले अभिनय गरेको फिल्म ‘पीके’ले ३ सय करोड माथिको व्यापार गर्यो । यसको श्रेय आमिर खानलाई जान्छ’, उनी भन्छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १२ : १५ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको