पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना « Khabarhub

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।

नियमित उपचारका क्रममा अस्पताल पुगेका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि अस्पताल पुगेका खनाल चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना भएका हुन् ।

“केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो”, उनले भने, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।”

उनले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने जानकारी दिए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १२ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले