निशालाई आँचल र शिवको सहयोग « Khabarhub

निशालाई आँचल र शिवको सहयोग


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई अभिनेत्री आँचल शर्मा र गायक शिव परियारले सहयोग गरेका छन् ।

निशालाई अभिनेत्री शर्माले एक लाख रुपैंयाँ र गायक परियारले १० हजार रुपैंयाँ सहयोग गरेका हुन् । अभिनेत्री आँचलले हिजो आइतबार अस्पताल पुगी निशालाई भेटेकी थिइन् ।

निशासँगको भेटमा निशाका पितालाई आफूले पनि केही आर्थिक सहयोग गर्न चाहेको बताएपछि सोमबार उनले सहयोग गरेकी हुन् ।

गायक शिवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले निशालाई १० हजार सहयोग गरेको जनाएका छन् ।

निशा तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : ०० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित