फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार « Khabarhub

फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– केही दिन अघि अभिनेत्री करीना कपूर खान पौराणिक कथामा आधारित फिल्म ‘सीता’मा सीताको भूमिका निभाउने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘ब्वाइकटकरीनाखान’ ट्रेण्ड नै चल्यो । मुस्लिम मुलकी करीनाले हिन्दु धर्मकी आस्था सीताको चरित्र निर्वाह गर्न नमिल्ने ट्वीटर प्रयोगकर्ताको भनाइ थियो ।

उनको बारेमा प्रयोगकर्ताले ट्रोल र मिम्स बनाएर सामाजिक सञ्जालमा राखे । त्यसो त कुनै भूमिकालाई लिएर कलाकार विवादमा तानिएको यो पहिलो भने होइन । यसअघि कैयौं कलाकारहरु फिल्मी भूमिकाकै कारण ट्रोलको शिकार बनेका छन् ।

फिल्म ‘आदिपुरुष’मा अभिनेता सैफ अली खान ‘रावण’को भूमिकामा देखिँदैछन् । एक अन्तरवार्तामा सैफले दुष्ट चरित्रलाई निर्देशक ओम राउतले मानवीय र मनोरञ्जक बनाएको अभिव्यक्ति दिएका थिए । जुन कुराले सामाजिक सञ्जाल प्रयोगकर्ता चिढिए । उनीहरुले सैफलाई फिल्मबाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए ।

आमिर खानको फिल्म ‘पीके’मा एक व्यक्ति भगवान शंकर बनेर शहर घुम्छ र आमिर ती व्यक्तिको पछि–पछि दौडन्छन् । यो दृश्यलाई लिएर निकै विवाद भएको थियो । यद्यपि पछि यो दृश्यलाई फिल्मको माग भनियो । तर धर्मगुरुहरुले आमिरलाई अदालतमा उभ्याउनुपर्ने माग राखेका थिए ।

अभिनेत्री तापसी पन्नू र भूमि पेडनेकर स्टारर फिल्म ‘साण्ड की आँख’ पनि विवादमा तानियो । फिल्ममा तापसी र भूमिले वृद्ध शार्प सुटर प्रकाशी तोमर र चन्द्रो तोमरको भूमिका निर्वाह गरेका थिए ।

जसले ६० वर्षको उमेर पछाडि सुटिङको अभ्यास सुरु गरे र विश्वमा आफ्नो नाम कमाए । ट्रेलर सार्वजनिक भएपछि दुई अभिनेत्री ट्रोलको शिकार बने । ट्रोलरले यो भूमिका निभाउन तापसी र भूमिको उमेरले नपुग्ने दाबी गरेका थिए ।

शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’लाई दर्शकले निकै मनपराए । फिल्मले बक्सअफिसमा कमाईको नयाँ कीर्तिमान कायम गरेको थियो ।

तर विषयवस्तुका कारण फिल्मले निकै आलोचनाको सामना गर्नुपर्यो । फिल्ममा शाहिद कपूर धेरै एग्रेसिभ भएको आरोप लागेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : ४५ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा