फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार | Khabarhub Khabarhub

फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– केही दिन अघि अभिनेत्री करीना कपूर खान पौराणिक कथामा आधारित फिल्म ‘सीता’मा सीताको भूमिका निभाउने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘ब्वाइकटकरीनाखान’ ट्रेण्ड नै चल्यो । मुस्लिम मुलकी करीनाले हिन्दु धर्मकी आस्था सीताको चरित्र निर्वाह गर्न नमिल्ने ट्वीटर प्रयोगकर्ताको भनाइ थियो ।

उनको बारेमा प्रयोगकर्ताले ट्रोल र मिम्स बनाएर सामाजिक सञ्जालमा राखे । त्यसो त कुनै भूमिकालाई लिएर कलाकार विवादमा तानिएको यो पहिलो भने होइन । यसअघि कैयौं कलाकारहरु फिल्मी भूमिकाकै कारण ट्रोलको शिकार बनेका छन् ।

फिल्म ‘आदिपुरुष’मा अभिनेता सैफ अली खान ‘रावण’को भूमिकामा देखिँदैछन् । एक अन्तरवार्तामा सैफले दुष्ट चरित्रलाई निर्देशक ओम राउतले मानवीय र मनोरञ्जक बनाएको अभिव्यक्ति दिएका थिए । जुन कुराले सामाजिक सञ्जाल प्रयोगकर्ता चिढिए । उनीहरुले सैफलाई फिल्मबाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए ।

आमिर खानको फिल्म ‘पीके’मा एक व्यक्ति भगवान शंकर बनेर शहर घुम्छ र आमिर ती व्यक्तिको पछि–पछि दौडन्छन् । यो दृश्यलाई लिएर निकै विवाद भएको थियो । यद्यपि पछि यो दृश्यलाई फिल्मको माग भनियो । तर धर्मगुरुहरुले आमिरलाई अदालतमा उभ्याउनुपर्ने माग राखेका थिए ।

अभिनेत्री तापसी पन्नू र भूमि पेडनेकर स्टारर फिल्म ‘साण्ड की आँख’ पनि विवादमा तानियो । फिल्ममा तापसी र भूमिले वृद्ध शार्प सुटर प्रकाशी तोमर र चन्द्रो तोमरको भूमिका निर्वाह गरेका थिए ।

जसले ६० वर्षको उमेर पछाडि सुटिङको अभ्यास सुरु गरे र विश्वमा आफ्नो नाम कमाए । ट्रेलर सार्वजनिक भएपछि दुई अभिनेत्री ट्रोलको शिकार बने । ट्रोलरले यो भूमिका निभाउन तापसी र भूमिको उमेरले नपुग्ने दाबी गरेका थिए ।

शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’लाई दर्शकले निकै मनपराए । फिल्मले बक्सअफिसमा कमाईको नयाँ कीर्तिमान कायम गरेको थियो ।

तर विषयवस्तुका कारण फिल्मले निकै आलोचनाको सामना गर्नुपर्यो । फिल्ममा शाहिद कपूर धेरै एग्रेसिभ भएको आरोप लागेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : ४५ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र