भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति | Khabarhub Khabarhub

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ । झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको हो ।

घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस—२ का अध्यक्ष धिरनसिंह बुढाथोकीले बताए । भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ ।

महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ । महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउँछन् । भारतले दसगजा नछाडी नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ ।

धार्चुलाभन्दा माथिल्लो भू–भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ । “खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा महाकालीमा ढुंगा मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ”, बुढाथोकीले भने, “खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ ।”

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको हो । नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुङ्गा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ । यसअघि पनि भारतले महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो । मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टान नेपाली भूभागमा प्रशस्त मात्रा देखिने गरेको व्याँसका स्थानीय दिपक खाती बताउँछन् ।

गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो । सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्याँसका स्थानीय बताउँछन् ।

सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन् । बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।

महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाब नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार गरेको छ । गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराएका हुन् ।

स्थानीयलाई सास्ती

व्यास गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रमा झण्डै २५० मिटर बढी घोरेटो बाटो अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती भोग्नु परेको छ । व्याँस गाउँपालिकाको दुई वडा जोड्ने घोरेटो बाटो अवरुद्ध भएपछि अहिले स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको हो ।

व्याँस गाउँपालिका—२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भारतीयले अहिले पनि सो क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गराउँदा नेपालतिरको थप बाटो क्षति हुने अवस्था आएको बताए । शुक्रबार पनि थप पहिरो आएको छ । पूरै पहाड नेपालतिर पुगेको छ ।

स्थानीयले दुईदेखि तीन घण्टा थप पहाड हिंडेर मात्रै बाटोमा पुग्न सकिने अवस्था रहेको उनले बताए । –रासस

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : १२ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र