विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल | Khabarhub Khabarhub

विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारलाई अगाडि बढाउने भएको छ ।

कम्पनीले विद्युतीय गाडीको कर घटाउने सरकारको निर्णयको स्वागत गर्दै बजार विस्तार गर्न थालेको हो । नेपालमा हाल हुन्डाईका विद्युतीय कारमा कोनका र आइकोनिक दुई मोडल छन् । कम्पनीले राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै इभी बेच्न चार्जिङ स्टेसनमा ठूलो लगानी गर्ने बताएको छ । कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ भने ती प्वाइन्टमा हुन्डाईका गाडीले निःशुल्क चार्ज गर्ने सुविधा पाउनेछन् ।

अटो मोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय क्षेत्रमा आफ्ना ईभी गाडीको बिक्री बढ्ने अपेक्षा गरेको छ ।

सरकारले विद्युतीय गाडीमा कर घटाएकाले हुन्डाईका विद्युतीय गाडीको शुल्क पनि घटेको कम्पनीले बताएको छ ।

एलआई अटो सर्भिस कुपन्डोल, एलआई क्विक्स तिनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल, हुन्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्ध्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धिविनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङमा कम्पनीका चार्जिङ प्वाइन्ट रहेका छन् ।

यस्तै, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगञ्ज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा कम्पनीका चार्जिङ प्वाइन्ट छन् । राजस्व घटेपछि हुन्डाई कोनका सय किलोवाट ब्याट्री भएको मूल्य ५६ लाख ९६ हजार र कोनका १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ पर्छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : ३९ बजे

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको