एक साताभित्र कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी (भिडियोसहित) « Khabarhub

एक साताभित्र कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी (भिडियोसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौँको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । उनले निगममा देखिएको कमीकमजोरी सच्याउँन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसँग आन्तरिक उडानका लागि पर्याप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजिने उल्लेख गरे ।

हेरौँ भिडियो

कोरोनाले हवाई सेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए । त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले विगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजार हिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।

 

सो क्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउन धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए ।

कोरोनाको दोस्रो लहरका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको निगमको जिकिर छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : ४५ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले