२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र  ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २१, ओखलढुंगा२, झापामा १६०, तेह्रथुम ३, धनकुटामा ४, पाँचथर ३३, भोजपुरमा ४, मोरङमा ११५, संखुवासभामा ५, सोलुखुम्बु ११ र सुनसरी १०६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४०, पर्सामा १०,  बारामा ७, महोत्तरीमा ८, रौतहटमा ११, सप्तरीमा २२, सर्लाहीमा ७ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३९६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ८४, चितवनमा १०८, दोलखामा ३४, धादिङमा २८, नुवाकोटमा ८५, भक्तपुरमा ६६, मकवानपुरमा५२, रसुवा १०, रामेछापमा ११, ललितपुरमा १४५, सिन्धुपाल्चोकमा २२ र सिन्धुलीमा २१ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ८१, गोरखामा ३१, तनहुँमा ६, नवलपरासी पूर्वमा ५०, पर्वत २, म्याग्दी ५,  लमजुङमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ५, गुल्मीमा ८, दाङमा २७, नवलपरासीमा ८, पाल्पामा २६, प्यूठानमा २, बर्दियाका ६, बाँकेमा ४, रुकुम पूर्व १, रुपन्देहीमा ५६ र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालीकोटमा ३, जाजरकोटमा २, जुम्लामा १४, दैलेखमा १, रुकुम पश्चिममा ४, सुर्खेतमा १ र सल्यानमा ५  जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ९, कैलालीमा ३, डडेल्धुरा ३, बझाङमा १, र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले