वैद्यमाथि फौजदारी कसुरमा मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध « Khabarhub

वैद्यमाथि फौजदारी कसुरमा मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा दिएको अभिव्यक्तिकै कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस वाग्मती प्रदेशले विरोध जनाएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिए । उनले प्रदेशसभामा बोलेको विषयमा सांसद वैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने जिकिर गरे ।

संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख भएको हुँदा सत्तापक्ष पेलेरै अघि जाने नियतमा रहेको उनले बताए ।

सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । तर संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँ बाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : ३९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा