नेप्सेमा आज फेरि नयाँ कीर्तिमान, चार कम्पनीको शेयरमा सर्किट ब्रेक « Khabarhub

नेप्सेमा आज फेरि नयाँ कीर्तिमान, चार कम्पनीको शेयरमा सर्किट ब्रेक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आज फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ ।

कूल २२१ कम्पनीको तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार १४.३३, विकास बैंक ५६.४१, जलविद्युत् ५.६७, अन्य १२.३१, लघुवित्त २५.५६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ ५२.८२, होटल तथा पर्यटन १५८.०१, वित्त २४.८१, निर्जीवन बीमा ३०७.६८, उत्पादन १४१.५१, जीवन बीमा ८१.२१ र लगानी ३.५९ बिन्दुले बढेको छ । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब १६ अर्ब १६ लाख १६ हजार १६ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ५९ लाख ९३ हजार ९१७ बराबरको कारोवार भयो । यस्तै, अपि पावर कम्पनी रु ५४ करोड ८६ लाख ९७ हजार ६५०, हिमालयन डिस्टिलरी रु ५० करोड २९ लाख ३१ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु ४२ करोड ८५ लाख ९६ हजार ३४४ र लुम्बिनी विकास बैंक रु ४२ करोड ४४ लाख १४ हजार ३१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर रहेका छन् । यस्तै, ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन हाइड्रो नेपाल ५.०१, अरुण भ्याली हाइड्रोपावर ४.७०, युनाइटेड मोदी ४.४४, गुडबिल फाइनान्स ४.१८ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : १० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा