गायक दीपलाई संगीतकार संघको दुई लाख « Khabarhub

गायक दीपलाई संगीतकार संघको दुई लाख


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ को संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघले दुई लाख रुपैंयाँ सहयोग गर्ने भएको छ ।

संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्न लागेको हो । संघका अध्यक्ष पारस मुकारुङका अनुसार श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै संघले रकम प्रदान गर्न लागेको हो ।

गायक दीप दुई सातासम्म ह्याम्स अस्पतालमा उपचार गरेर केही दिनअघिमात्र डिस्चार्ज भएका थिए । उनी डिस्चार्ज हुँदा अस्पतालका नर्सले उनको गीत गाउदै बिदाई गरेका थिए ।

‘द भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका दीपको ‘म त दुरदेखि आएँ’, ‘हर रात सपनीमा’, ‘मेरो आँखामा’, ‘कति कमजोर रहेछ’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ५० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा