अब ‘खल्ती’लाई आफ्नो व्यवसायमा नि:शुल्क इन्टीग्रेट गर्न सकिने « Khabarhub

अब ‘खल्ती’लाई आफ्नो व्यवसायमा नि:शुल्क इन्टीग्रेट गर्न सकिने


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) नि:शुल्क एपीआई उपलब्ध गराउने भएको छ।

कोरोना महामारीको बिचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र अर्थतन्त्रको सुधारमा थप योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो।

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ।

व्यवसायीहरुले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिनासम्म कुनै शुल्क नलाग्ने भएको छ। यो सेवा असार महिना भित्र खल्ती सँग सम्झौता गर्ने मर्चान्टहरुको हकमा लागू हुने जनाइएको छ।

आफ्नो मर्चान्ट ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके/एपीआई बाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।

उक्त विषयमा खल्ती डिजिटल वालेटका प्रबन्धक श्री जोनाम भुर्तेलले भने, “हामीले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि उहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ । खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामा हामि विश्वस्त छौँ । उद्यमीहरुलाई बढी भन्दा बढी सहुलियत र सुविधा दिनुनै खल्तीको अठोट रहेको छ ।”

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  २ : ३४ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य