फूलसँग बोल्ड फोटोसुट गर्ने अभिनेत्रीहरु | Khabarhub Khabarhub

फूलसँग बोल्ड फोटोसुट गर्ने अभिनेत्रीहरु


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजन उद्योगसँग जोडिएका यस्ता कैयौं सुन्दरी छन्, जो समय–समयमा आफ्नो फोटोसुटका कारण चर्चामा आउछन् । उनीहरुले गरेका अधिकांश बोल्ड फोटोसुट केवल फूलसँग मात्र छ ।

उमेरले २१ वर्षमा पाइला टेक्दै गरेकी अदिति भाटियाले टपलेस फोटोसुट गरेर सबैलाई चकित तुल्याएकी थिइन् । कम उमेरमै बोल्ड फोटोसुट गरेर ‘ये हैं मोहब्बतें’ अभिनेत्रीले दर्शकमाझ चर्चाको विषय बनेकी थिइन् ।

‘स्पिलिस्टविला’बाट चर्चामा आएकी अभिनेत्री दिव्या अग्रवाल अभिनय क्षेत्रमा लागेदेखि नै आफ्नो फोटोसुटले हंगामा मच्चाइरहेकी छन् । दिव्याले फोटोसुटको भिडियो प शेयर गरेकी छन् । जुन भिडियो हेरेर ट्रोलर्सले ट्रोल बनाउन बाँकी राखेनन् ।

अभिनेत्री मेघना पटेलले त चर्चामा आउनका लागि सबै सीमा पार गरेकी थिइन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेकी थिइन् र हातमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर लिएकी थिइन् ।

अभिनेत्री नायरा बनर्जी हालैमात्र वेब सिरिज ‘हेलो जी’ मा आफ्नो बोल्ड दृश्यका कारण चर्चामा आइन् । नायरा स्टार प्लसमा प्रसारण हुने सिरियल ‘दिव्य दृष्टि’मा अहम भूमिकामा अभिनय गरिसकेकी छन् । आफ्नो टपलेस तस्वीरका कारण उनले सनसनी नै मच्चाइन् ।

‘ये रिश्ता क्या कहलाता हे’ फेम्ड प्रियंवदा कान्त पनि टपलेस फोटोसुट खिच्न पछि पर्दिनन् । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ धेरै त छैनन, तर उनको बोल्ड तस्वीरले दर्शकको ध्यान खिच्ने गरेको छ ।

‘उतरन’ र ‘बिग बोस १४’ रश्मि देसाईले पनि टपलेस फोटोसुट गराएकी छन् । केही महिना अघिमात्र उनले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जहाँ उनी टपलेस देखिएकी थिइन् । उनी कपडाको सट्टा फूलमा टाँसिएकी थिइन् । जुन तस्वीरलाई ट्रोल बनाइएको थियो ।

टेलिभिजन अभिनेत्री शिवशक्तिले आफ्नो जन्मदिनमा टपलेस तस्वीर शेयर गरेकी थिइन् । उनी रंगीविरंगी फूललाई नै आफ्नो टप बनाएकी थिइन् । यी तस्वीरका लागि ट्रोलरबाट उनले भद्दा प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ३० बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने– “संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको

प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सनुवाइ गर्न

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देवदह– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका