घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि « Khabarhub

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ३० बजे

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ?

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा

काठमाडौंकाे ट्राफिक व्यवस्थापनमा पनि खटिए म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडौं- निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक