घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि | Khabarhub Khabarhub

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ३० बजे

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार

कानूनसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १