विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान « Khabarhub

विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । प्रत्येक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाइन्छ ।

गोकर्णेश्वर नगरपालिका– ७ दक्षिण ढोकास्थित शान्ति बाटिकामा काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा २७ जनाले रक्तदान गरे । नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरे ।

रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरेका थिए । नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित आठ जनाले रक्तदान गरे । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा डा रेखा रेग्मीसहित २० जनाले र चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा आयोजित कार्यक्रममा छ जनाले रक्तदान गरेका छन् ।

ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरे । रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २४ जनाले रक्तदान गरे । कपिलवस्तु शाखा र नेपाल रेडक्रस सोसाइटी वाणगङ्गा उपशाखाको संयुक्त आयोजनामा वाणगङ्गामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका छन् ।

पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुञ्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरे ।

दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका व्यक्ति र सङ्घ संस्थाको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले